By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बेनीमा ‘वडा पर्यटन परियोजना’

सरोकारकर्मी
सरोकारकर्मी
f,10

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो ।

नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताए। “म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार मुस्ताङस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा परिचित छ”, उनले भने, “मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनी बजार र आसपासका क्षेत्रमा भुलाउने, बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौँ ।”

बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । सङ्घीय पर्यटन मन्त्रालयसँग वडा नं ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मूर्ति स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।

नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनामार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर रु ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दूरी सडकमा एक हजार ७१८ दशमलव पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रु २५–२५ लाख बजेट विनियोजन भएको लभ्लीहिल पर्यटन प्रवर्द्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा रु एक करोड चार लाख बजेट विनियोजन भएको उपप्रमुख ज्योति लामिछानेले बताइन् ।

बेनी बजारको दायाँतर्फ रहेको कालीगण्डकी नदी किनारमा निर्माण भएको चक्रपथको वडा नं ८ को भूगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नं ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।

कुन वडामा कस्तो परियोजना ?

बेनी नगरपालिकाले पर्यटनसँग सम्बन्धित १० वटै वडाका योजनालाई छनोट गरी प्राथमिकीकरण गरेको छ । वडा नं १ रत्नेचौरको लामो झोलुङ्गे पुल, श्रीलक्ष्मीहरि मन्दिर र तोरीबारी हुँदै ज्यामरुककोट, बेलढुङ्गा जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ ।

वडा नं २ मा रहेको लक्ष्मीहिलमा सार्वजनिक निजी साझेदारीअन्तर्गत ‘लिफ्ट ब्रिज’ बनाउन सम्भाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग छलफल थालिएको नगरप्रमुख केसीले बताउनुभयो । यस वडामा रहेको ज्यामरुककोटको पुनर्निर्माण, पदमार्ग र गौश्वारामा समुदायको अगुवाइमा ३८ फिट अग्लो गोवर्द्धनको मूर्ति स्थापना भएको छ । गौश्वारा पर्यटन पूर्वाधारका लागि नगरपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको छ ।

वडा नं ३ मा रहेको भकिम्लीको बेलढुङ्गालाई दृश्यावलोकनस्थलका रूपमा विकास, धार्मिकस्थल स्वर्गाश्रममा पर्यटन पूर्वाधार तयार तथा बाघखोरमा उद्यान निर्माण भएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा–तातोपानी कुण्ड अवस्थित वडा नं ४ मा कुण्डको संरक्षणका साथै जलाशय बनाउने योजना निर्माणका लागि सङ्घीय ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

वडा नं ५ मा रहेको पछै, जगन्नाथ, ढोलथान र केभहिल, वडा नं ६ मा रामशीला स्मारकस्थल र गुफा राममन्दिरलाई छनोट गरिएको छ । महारानीथान, लक्ष्मीनारायण, शिवालय, भगवती, मन्दिर रहेको बेनी नगरपालिका–७ र ८ को भूगोलमा पर्ने बराहपाखोमा ‘राउण्ड बेनी, भ्यू बेनी’ योजनाअनुसार पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको छ ।

वडा नं ८ मा रहेको जलेश्वर गुफा पुनर्निर्माण गरी शालग्राम सङ्ग्राहलय स्थापना र कोट भण्डार क्षेत्रमा टक्सार पुरातात्विक सांस्कृतिक सङ्ग्रहालय स्थापनाका गर्ने योजना रहेको छ । कालीगण्डकी शुद्धताका लागि बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाहस्थल निर्माण भएको थियो ।

वडा नं ९ को गलेश्वरधामदेखि पुलाश्रम, घतानकोत, ढोल्ठान दरबार र जगन्नाथलाई समेटेर एकीकृत पर्यटन योजना कार्यान्वयनमा छ । वडा नं १० पात्लेखेतको सिद्धाश्रम, घारसुन्ना, राधाकृति मन्दिर, वाखेत घरबास सञ्चालन र टोड्केको पर्यटन विकासका योजनालाई प्राथमिकता दिइएको छ ।

‘समृद्ध पर्यटकीय बेनी नगर’ भन्ने अवधारणाअनुसार बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने प्रयास गरिएको नगरप्रमुख केसीले बताए । उनका अनुसार बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेसन ड्याम’ निर्माण गरी ‘स्टिमर’ सञ्चालनको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account