By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव

सरोकारकर्मी
सरोकारकर्मी
f,9

झापा । बुधबारदेखि यहाँ दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र विहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताए ।

नेपाल भारतबिच धेरै सांस्कृतिक परम्परामा समानता रहेको जनाउँदै उनले जनस्तरसम्म आत्मीय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताए। मन्त्री पराजुलीले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई मुलुकको दिगो आर्थिक विकासको आधारस्तम्भ मानेर मुन्धुमसहित चार वटा पदमार्गको निर्माण गरेको बताए ।

उत्सवमा नेपालका १८ र भारतका १२ गरी ३० वटा स्टल राखिएका छन् । होटल, घरबास, ट्राभल गाइड, हस्तकला, अग्र्यानिक खाद्य वस्तुलगायतका स्टलबाट पर्यटकलाई दुवै देशका पर्यटकीय स्थल र त्यहाँको विशेषताबारे जानकारी मिल्ने होटल सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

उत्सवमा सहभागी हुन भारतको पश्चिम बङ्गालका व्यावसायिक र सांस्कृतिक टोली यहाँ आएका छन् । कार्यक्रममा चरा संरक्षण अभियन्ता देवेन्द्र खरेलले निर्माण गर्नु भएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कोशी प्रदेश पर्यटन वर्षसम्बन्धी निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै प्रशंसा गरे।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account