By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

केपी शर्मा ओली रिहा, अस्पतालमै परिवारको जिम्मा

सरोकारकर्मी
सरोकारकर्मी
f,9

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो ।

प्रहरीले अबको निर्णय उनको स्वास्थ्य अवस्थाको आधारमा चिकित्सकको सल्लाहअनुसार हुने जनाएको छ ।

जेनजी आन्दोलन दमन गरेको आरोपमा उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । त्यसपछि स्वास्थ्य समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका थिए ।

उनकी पत्नी राधिका शाक्य ले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालत मा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न आदेश दिएको थियो ।

अदालतले तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि निर्देशन दिएको थियो ।

नियन्त्रणमुक्त भएपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account