By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज जनआन्दोलन दिवस मनाइँ

सरोकारकर्मी
सरोकारकर्मी
f,9

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा वाम मोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनः स्थापना भएको हो ।

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गरेका थिए ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account