By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधान सेनापति

सरोकारकर्मी
सरोकारकर्मी
f,5

लुम्बिनी । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको बताएका छन्।

नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको उनले स्मरण गराए।

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधान सेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए।

उनले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्वसैनिकहरूको महत्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गरे।

“हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास सार्थी छ”, उनले भने, “सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।”

प्रधान सेनापति सिग्देलले भूतपूर्वसैनिक सम्मेलन तथा पुनर्मिलन कार्यक्रम केवल अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका परिवारजनहरूको पुनर्मिलन मात्र नभई हामी बीचको भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउने अवसरका रुपमा आयोजना गरिएको बताए।

उनले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताए।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account