By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

सरोकारकर्मी
सरोकारकर्मी
f,5

काठमाडौं । अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले फेरि मानव आँखामाथि नै भरोसा गर्न लागेको छ । मानवले पहिलो पटक चन्द्रमाको वरिपरि उडान गरेको पाँच दशकभन्दा बढी समयपछि आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरूले सोमबार उक्त उपलब्धि दोहोर्‍याउँदै चन्द्र सतहको अवलोकन आफ्नै आँखाबाट गर्ने तयारी गरेका छन्।

अपोलो मिसनपछि प्रविधिमा ठूलो प्रगति भए पनि नासाका वैज्ञानिकहरू अझै पनि प्रत्यक्ष मानवीय दृष्टिलाई अपरिहार्य ठानिरहेका छन् । आर्टेमिस–२ मिसनका प्रमुख वैज्ञानिक केल्सी यङका अनुसार मानव आँखा आफैँमा सबैभन्दा सक्षम ‘क्यामेरा’ हो, जसले सूक्ष्म विवरण र रङहरू क्यामेराभन्दा प्रभावकारी रूपमा छुट्याउन सक्छ । उहाँले मानव आँखामा रहेका रिसेप्टरहरूको सङ्ख्या अत्यधिक हुने भएकाले दृश्य विश्लेषणमा यसको भूमिका महत्त्वपूर्ण रहने बताए।

आधुनिक क्यामेराहरू केही पक्षमा अगाडि भए पनि मानव आँखाको रङ छुट्याउने क्षमता, सन्दर्भ बुझ्ने क्षमता र प्रकाशसँगको अन्तरक्रिया विश्लेषण गर्ने क्षमता अझै अद्वितीय रहेको उनको भनाइ छ । प्रकाशको कोण बदलिँदा सतहको बनावट र रङ कसरी परिवर्तन हुन्छ भन्ने कुरा मानिसले सहज रूपमा बुझ्न सक्छन्, जुन वैज्ञानिक रूपमा अत्यन्त उपयोगी मानिन्छ।

ओरियन अन्तरिक्षयानका चालक भिक्टर ग्लोभरले प्रस्थानअघि मानव आँखालाई ‘जादुई उपकरण’ का रूपमा वर्णन गरेका थिए । अन्तरिक्ष यात्रामा उनीहरूले प्रत्यक्ष अवलोकनमार्फत चन्द्र सतहका सूक्ष्म परिवर्तनहरू पहिचान गर्ने अपेक्षा गरिएको छ।

यस मिसनका चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय कठोर प्रशिक्षणमा बिताएका छन् । कक्षाकोठा अध्ययनसँगै आइसल्यान्ड र क्यानाडामा गरिएको भूगर्भीय अभ्यास तथा चन्द्र उडानका सिमुलेसनमार्फत उनीहरूलाई ‘फिल्ड वैज्ञानिक’ बनाउने लक्ष्य राखिएको थियो । अमेरिकी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचसँगै क्यानाडाका जेरेमी ह्यानसेनले चन्द्रमाका १५ प्रमुख भू–विशेषताहरू कण्ठ पारेर आफूलाई अभिमुखीकरण गर्न अभ्यास गरेका छन्।

प्रशिक्षणका क्रममा इनफ्लेटेबल चन्द्र ग्लोब प्रयोग गरी सूर्यको कोणले सतहको रङ र बनावटमा पार्ने प्रभाव अवलोकन गरिएको थियो । यसले उनीहरूको अवलोकन क्षमता र नोट लिने सीपलाई अझ परिष्कृत बनाएको वैज्ञानिकहरूको विश्वास छ । केल्सी यङका अनुसार टोली उत्साहित मात्र होइन, पूर्ण रूपमा तयार पनि छ।

मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूले नासाले तय गरेका १० प्रमुख वैज्ञानिक उद्देश्यअनुसार विभिन्न चन्द्र स्थलहरूको अध्ययन गर्नेछन् । चन्द्रमाको वरिपरि हुने उडान केही घन्टासम्म चल्नेछ, जसमा उनीहरूले क्यामेरासँगै आफ्नै आँखाबाट प्रत्यक्ष अवलोकन गर्नेछन्।

नासाका ग्रह भू–अध्ययन प्रमुख नोआ पेट्रोका अनुसार चन्द्रमा अन्तरिक्ष यात्रीहरूलाई हातको दूरीमा राखिएको बास्केटबलजस्तो देखिनेछ । उनले सबैभन्दा चासोको विषय चन्द्र सतहमा देखिने सूक्ष्म रङहरूको पहिचान हुने बताए, जसले त्यहाँको संरचना र इतिहासबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ।

लुनार एन्ड प्लेनेटरी इन्स्टिच्युटका डेभिड क्रिङले अपोलो युगपछि धेरै उच्च–रिजोलुसन तस्बिरहरू उपलब्ध भइसकेकाले नयाँ ठुलो खोजको सम्भावना कम भए पनि अन्तरिक्ष यात्रीहरूले प्रत्यक्ष देखेका विवरणहरूको वर्णन आफैँमा ऐतिहासिक हुने बताए । उनका अनुसार यस्तो प्रत्यक्ष अनुभव कम्तीमा दुई पुस्ताले पहिलो पटक सुन्न पाउनेछन् ।

आर्टेमिस–२ को उडान नासाले प्रत्यक्ष प्रसारण गर्नेछ, यद्यपि अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टि पुग्दा केही समय सम्पर्क विच्छेद हुनेछ । केल्सी यङले सिमुलेसनका क्रममा अन्तरिक्ष यात्रीहरूले दिएका विवरण सुन्दा नै रोमाञ्चक अनुभूति भएको उल्लेख गर्दै वास्तविक उडानमा अझ असाधारण अवलोकन आउने विश्वास व्यक्त गरे।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account