By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

सरोकारकर्मी
सरोकारकर्मी
f,3

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो । निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख सेनानी उपन कार्की र प्राविधिक जमदार वसन्त ओलीले एक–एक गोल गरे । रक्षा समाचारदाताको टोलीबाट दिपेश केसीले सान्त्वना गोल गरे । उक्त खेलमा निर्देशनालयको टोली कप्तान सहायकरथी राजाराम बस्नेत र सञ्चारकर्मीका तर्फबाट कप्तान दीपक रिजाल रहेका थिए ।

प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टोली निलो जर्सीमा मैदानमा उत्रिएको थियो । सैनिक तालिम महानिर्देशक एवम् उपरथी प्रेम पुनले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा सो खेल आयोजना गरिएको हो । निर्देशनालयको २०५८ चैत २० गते स्थापना भएको हो । निर्देशनालयले सैनिक र सञ्चारकर्मी बिचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account