By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

‘एचआईभी सङ्क्रमित’ लाई पोषण सहयोग नियमित भएन

सरोकारकर्मी
सरोकारकर्मी
f,2

टीकापुर । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापत प्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष ११५ जनाले पोषण सहयोग लिएका थिए ।

पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाखमात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे ।

‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर छन्, उनीहरु अन्यव्यक्ति जसरी काम गर्न सक्दैनन्’, अध्यक्ष भण्डारीले भने, ‘पालिकाले दिने थोरै रकमले पनि उनीहरुलाई एकरदुई महिना छाक टार्न सहयोग हुन्छ । नियमित रुपमा दिइरहेको यस्तो सहयोग घटाउन हुँदैन ।’

विसं २०६४ मा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआईभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको छ । समाजका अनुसार टीकापुरमा मात्रै १६५ जना एचआईभी सङ्क्रमित छन् ।

समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक अहजार ५०० उपलब्ध गराउने गरेको छ । ‘उनीहरुको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनी थोरै सहयोग गर्ने गरेका छौँ’, अध्यक्ष भण्डारीले भने, ‘एकल महिलाका समस्या थुप्रै छन् । कमाउने श्रीमान बितेपछि, आफू पनि सङ्क्रमित हुँदाआर्थिक समस्या झेलिरहेका छन् ।’

सङ्क्रमितको उपचारका लागि कैलालीमा चारवटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना छन् । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ ।

टीकापुर अस्पतालबाट करिब ६०० जनाले एआरटी सेवा लिने गरेका छन् । एक पालिकाको मानिस अझैँ समाजमा सम्मानजनक व्यवहार नभएकाले अर्को पालिक वा टाढाको स्वास्थ्य संस्थाबाट एआरटी तथा उपचार सेवा लिइरहेका छन् ।

विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्थासमेत गरिएको थियो ।

बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आएकी एक महिलाले भनिन्, ‘अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एकरदुई दिन बस्नुपर्ने हुन्छ, पहिले पहिले यही संस्थामा खान र बस्न पाइन्थ्यो’, उनले भनिन्, ‘अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्छन्, अब होटलमा बसेर कसरी उपचार गर्नु रु नजिकका अस्पतालमा उपचार गरे सबैले चिन्छन्, समाजमा सङ्क्रमित भनेपछि दुर्व्यवहार गर्छन् ।’

टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकीसहित बर्दियाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिनआउने गरेका छन् ।

टीकापुरले कार्यविधि नै बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको हो । चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको, आगामी वर्ष बजेट व्यवस्था गर्ने नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले बताए ।

‘तपाईहरुको उपचार पहिलो प्राथमिकता हो, त्यसबाहेकका समस्या पनि धेरै छन्’, उनले भने, ‘पालिकाको जिम्मेवारी धेरै, बजेट कम हुँदा कतिपय काम इच्छा भएर पनि गर्न सकिएको छैन, आगामी वर्ष बजेट सुनिश्चित गर्नेछौँ ।’

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account