By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर

सरोकारकर्मी
सरोकारकर्मी
f,25

काठमाडौं । नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । मंगलबार विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए । उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए ।

नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए । यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए ।

केन्द्रका निर्देशक डा पौडेलले औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताए । उनका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहार्नुपरेको छ । समाजमा क्षयरोगीलाई लाञ्छना र सामाजिक भेदभाव पनि समस्याका रूपमा रहेको उनले उल्लेख गरे ।

नेपालमा हरेक वर्ष १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जनाइएको छ । यस रोगबाट मृत्यु दर प्रतिएक लाखमा ५३ जना रहेको छ । निर्देशक डा पौडेलले नियमित औषधि सेवन गरे ९२ प्रतिशत क्षयरोग निको हुने बताए । “नियमित छ महिना औषधि खाएका सय जनालाई हामीले परीक्षण गरेका थियौँ । तीमध्ये ९२ प्रतिशतको उपचार सफल भएको पाइयो”, उनले भने,“यस कारण समयमा र नियमित उपचार गर्न यो रोग लागेकाहरूलाई आग्रह गर्दै आएका छौँ ।”

सरकारले सन् २०५० सम्म क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको जनाइएको छ । केन्द्रका निर्देशक डा पौडेलका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य रहेको छ ।

आज ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account