By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

सरोकारकर्मी
सरोकारकर्मी
f,23
?????????????????????????????????????????????????????????

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । ‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका कटक महतले जानकारी दिए ।

पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीले स्वास्थ्य संस्थामा नियमित जाँच र पोषण परामर्श पाएको हुनुपर्नेलगायतका मापदण्ड रहेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताए ।

बालबालिकाको पोषणका लागि ६ महिनासम्म पूर्ण स्तनपान र ६ महिनापछि थप पोषिलो खाना खुवाइएको, बालबालिकाको पोषण अवस्था सामान्य भएको हुनुपर्ने, स्वच्छ वातावरणमा वडामा खुल्ला दिसामुक्त अवस्था र सफा खानेपानीको सुनिश्चितता हुनुपर्ने मापदण्ड छन् । उनले भने, “स्थानीय उत्पादनको उपभोग बढाउने र कुपोषण न्यूनीकरणमा बहुक्षेत्रीय पहल भएमा पोषणमैत्री वडा घोषणा गर्न सकिने मापदण्ड छ ।”

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account