By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

देशका केही क्षेत्रमा आज हावाहुरीको जोखिम, सावधानी अपनाउन सुझाव

सरोकारकर्मी
सरोकारकर्मी
f,17

काठमाण्डौ । आज देशका केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको छ । प्रि–मनसुनको योबेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ्ग पर्ने भएकाले चनाखो हुन मौसमविद्को आग्रह छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउनुपर्छ । हावाहुरी चलेको बेला घरबाहिर निस्कन हुँदैन । झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्नुपर्छ । यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चलेमा सुरक्षित ठाउँमा बस्नुपर्छ । हावाहुरी चल्दा रुख वरपर र कमजोर भौतिक संरचना भएको ठाउँमा नबस्न पनि विज्ञले आग्रह गर्दै आएका छन् ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोपछि हुरीबतास, चट्याङ्ग र असिनासहितको वर्षा भएको थियो । हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेर जनधनको क्षति समेत भएको छ । उदयपुरको कटारीमा हावाहुरीका कारण हिजो २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

यसैबीच आज कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङ्ग, असिनासहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account