By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

समानुपातिक मतगणनाको अन्तिम चरण सम्पन्न

सरोकारकर्मी
सरोकारकर्मी
f,11

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले यो समाचार तयार पार्दासम्म समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।

यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । यस अनुसार कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।

चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्नेछ । अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी भएकाले समानुपातिक तर्फ दलहरुले पाएको मतमा केही फेरबदल हुन सक्ने छ ।

‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भने ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुन: हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account