By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

समानुपातिक मतगणनाको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने

सरोकारकर्मी
सरोकारकर्मी
f,11

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

‘समानुपातिकको मतगणना अन्तिम चरणमा छ । अहिले इलाम–१ र गोरखा–१ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने– ‘अब केहीबेर कुरिदिनुस् ।’

आयोगले अहिलेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना गरिसकेको छ । जसमध्ये रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ ।

त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१, जनमत पार्टीले ७८ हजार ९७३ मत पाएका छन् ।

प्रत्यक्षतर्फको मतगणना भने सकिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account