By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध बहस नोट माग

सरोकारकर्मी
सरोकारकर्मी
f,9

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बहस नोट पेस गर्न आदेश दिएको छ । बहस नोट पेस भइसकेपछि न्यायाधीशले उक्त नोट, मिसिलमा रहेका प्रमाणहरू, दुवै पक्षका वकिलहरूको तर्क र कानुनी प्रावधानहरूको गहिरो अध्ययन गरेपछि अन्तिम सुनुवाइ भई फैसला हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्वमुख्यमन्त्री सोडारीले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारका अनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठुलो परिमाणको सम्पत्ति आर्जन गरेका छन् । आयोगको अनुसन्धानबाट सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी रहेको देखिएको छ।

तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ।

कुल आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम रहेको आयोगको निष्कर्ष छ । आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।

विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रमा सोडारीलाई भ्रष्टाचार गरेको ठहर गरी बिगोअनुसार कैद र जरिवाना गर्न माग गरिएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account