By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना

सरोकारकर्मी
सरोकारकर्मी
f,9

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ९२ लाख ९९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान ओगटेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६.१६ प्रतिशत, नेकपा एमालेले १३.५५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले ७.२७, श्रम संस्कृति पार्टीले ३.४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२३ प्रतिशत मत प्राप्त गरेको छ ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४४ लाख ४४ हजार ५१० मत समानुपातिकतर्फ प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ८६ हजार ४०३ मत प्राप्त गरेको छ ।

नेकपा एमालेले भने १२ लाख ४६ हजार १९२ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६९ हजार १३०, श्रम संस्कृति पार्टीले ३ लाख १८ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९७ हजार २०१ मत पाएको छ ।

जनता समाजवादी पार्टीले अहिलेसम्म समानुपातिकमा एक लाख ४२ हजार ६९९ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३९ हजार ३४५ मत पाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account