By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

प्रत्यक्षतर्फ १६५ सिटमध्ये ३ प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य

सरोकारकर्मी
सरोकारकर्मी
f,8

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा एमालेको तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व शून्य हुने देखिएको छ ।

फागुन २१ गते भएको मतदानको सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी जित निकाल्नेमा सबै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रहेको छ । उसले यो समाचार तयार पार्दासम्म ११२ भन्दा बढी सिटमा जित निकालेको छ । रास्वपाको अझै १४ सिटमा अग्रता छ । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १५ सिट जित्दा २ क्षेत्रमा अग्रता छ । कांग्रेसले पनि सबै प्रदेशको प्रतिनिधित्व गरेको छ ।

तेस्रो दलमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जितेको छ । जारी मतगणनामा एमालेले ३ सिटमा अग्रता बनाएको छ । अर्को कम्युनिस्ट पार्टी नेकपाले ६ सिटमा जित हासिल गर्दा बाँकी १ सिटमा अग्रता बनाएको छ । श्रम संस्कृति र राप्रपाले १÷१ सिट जित्दा स्वतन्त्रले १ सिट जितेको छ ।

जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यो निर्वाचनमा विगतमा ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलमात्र नभएर राप्रपालगायतका दलहरू पनि आश्चर्यजनक ढङ्गले खुम्चिन पुगेका छन् ।

२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको नेकपा एमाले यो पटक प्रत्यक्षतर्फको निर्वाचनमा चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । अहिलेसम्म कोशी प्रदेशमा ३, सुदूरमा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिटमात्र जितेर प्रतिनिधित्व गरेको छ । चार प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दा बागमती, गण्डकी र मधेसमा एमालेको शून्य अवस्थामा छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account