मकवानपुर। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा मकवानपुरका १०२ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन्।
हेटौँडा–६ निवासी टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गरेका हुन्।
उनले हेटौँडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
