By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

निर्वाचन विरोधीलाई सिधै अदालतमा पेश गर्छौंः गृहमन्त्री

सरोकारकर्मी
सरोकारकर्मी
f,4

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण सुरक्षा प्रत्याभूति गरिएको बताउनुभएको छ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण तयारी पूरा भएको उहाँले उल्लेख गर्नुभयो। गृहमन्त्री अर्यालले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभयो।

उहाँका अनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ। देशभरका सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्। आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्न र सहजीकरण गर्न सक्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो।

गृहमन्त्री अर्यालले भन्नुभयो, “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि एकीकृत सुरक्षा योजना पारित गरेर सोहीअनुसार संयन्त्र परिचालन गरिएको छ। अहिले सबै सुरक्षा संयन्त्र मतदान स्थलसम्म पुगिसकेका छन्। देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको छ।”

मतपेटिका ढुवानीमा कडा सुरक्षा व्यवस्था
मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइने विषयमा पनि स्पष्ट मापदण्ड तय गरिएको उहाँले जानकारी दिनुभयो। सुरक्षा योजनाको अनुसूची–२ मा मतपेटिका ढुवानीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।
उहाँका अनुसार मतपेटिका बोक्ने गाडीमा अगाडि चालक र मतदान अधिकृत बस्नेछन्। त्यसपछि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि उम्मेदवारका प्रतिनिधि रहनेछन्। उक्त गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्कर्टिङ गर्नेछन्। आवश्यक परेमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था गरिएको छ।

निर्वाचनविरोधी गतिविधिमा कडा कारबाही
निर्वाचन अवधिमा कुनै पनि गैरकानुनी वा अवाञ्छित गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गरिने गृहमन्त्री अर्यालले चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो, “त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्र लिँदैनौँ। कानुनी कारबाही गर्छौं, अनुसन्धान र अभियोजन गरेर अदालतमा पेश गर्छौं। दोषीहरू दण्डको भागिदार बन्नुपर्छ।”

सुझबुझपूर्ण मतदानको अपिल
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनभन्दा अझ सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गर्नुभयो। नागरिकले भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिएको उहाँको भनाइ छ।
निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको गुणस्तर सुधार र राजनीतिक सुशासन सुदृढ गर्ने अवसरका रूपमा लिन उहाँले मतदातालाई आग्रह गर्नुभयो।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account