By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज मध्यरातिदेखि मतदान नसकुञ्जेल सार्वजनिक सवारी सञ्चालन बन्द

सरोकारकर्मी
सरोकारकर्मी
f,4

काठमाण्डौ । भोलि हुने मतदानलाई ध्यानमा राखेर आज मध्यराति १२ बजेदेखि अतिआवश्यक सेवाका बाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । भोलि बेलुका मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सार्वजनिक गाडी चल्ने छैनन् ।

यो अवधिमा अत्यावश्यक र आयोगबाट पास प्राप्त गाडी सञ्चालन हुनेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी गाडी चलाउन रोक छैन ।

साथै कुटनीतिक नियोगका निलो प्लेट भएका र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त गाडी चलाउन सकिन्छ । सम्पूर्ण मतदाता तथा यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने भए गाडी चल्न रोक लगाएको भन्दा अगावै पुगिसक्न सूचना अधिकारी घिमिरेको आग्रह छ ।

आयोगले कुनै समस्या वा अवरोध भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account