By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते

सरोकारकर्मी
सरोकारकर्मी
f,27

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

शुक्रबार राति करिब ११ः४० बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य गरी कुल १४ जना घाइते भएका छन् । उनीहरूको हेटौंडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट हटाई सडक किनारमा पार्किङ गरिएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १० किलोमिटर पूर्वमा पर्छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account