By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सशस्त्र प्रहरीद्धारा ३२ लाखको अवैध सामान नियन्त्रण

सरोकारकर्मी
सरोकारकर्मी
f,26

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गूल्म मलंगवाको सक्रियता बढेसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र भएको छ।

सशस्त्र प्रहरीले सर्लाहीको पर्सा–५ सीमाबाट भन्सार छली गरेर ल्याइएको करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। भारतबाट अवैध रूपमा सामान ल्याइँदै गरेको सूचनाका आधारमा खटिएको टोलीले २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रस्तावित सीमा सुरक्षा गूल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गएको टोलीले मोटरसाइकलमार्फत सीमाबाट ल्याइएको सामान २ वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उक्त कारबाहीमा सशस्त्र प्रहरी र सर्लाही भन्सार कार्यालय को संयुक्त टोली सहभागी रहेको थियो।

बरामद गरिएको सामानमध्ये १,७८५ केजी भारतीय फूलको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने भन्सार छलीको कपडाको मूल्य ८ लाख ८३ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै नियन्त्रणमा लिइएका २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकलको अनुमानित मूल्य २४ लाख रुपैयाँ रहेको बताइएको छ।

बरामद गरिएको सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ। पछिल्लो समय सशस्त्र प्रहरीले सर्लाहीका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउँदै लगेको छ। सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रणमा समेत सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालित भइरहेको जनाएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account