By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मकवानपुरमा थपिए १४ हजार ६ सय १ मतदाता

सरोकारकर्मी
सरोकारकर्मी
f,25

मकवानपुर । मकवानपुरमा २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा १४ हजार ६०१ मतदाता थपिएका छन् ।  फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा १४ हजार ६०१ मतदात थपिएर तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्ने भएका छन् ।

बागमती प्रदेश निर्वाचन कार्यालयको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ मतदाता थपिएको बताएका छन् ।

सबैभन्दा बढी हेटौँडा उपमहानगरमा सात हजार १६३ मतदाता थपिएका छन् । त्यसैगरी मनहरी गाउँपालिकामा १ हजार ४६८, थाहा नगरपालिकामा १ हजार ४१५, बागमती गाउँपालिकामा ८४०, बकैया गाउँपालिकामा ८१७, मकवानपुरगढी गाउँपालिकामा ७५४, भीमफेदी गाउँपालिकामा ६९३, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएका छन् ।

यसपालि मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेका छन् भने मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् ।

मतदाता संख्या बढेसॅंगै मतदान केन्द्र पनि थप गरिएको छ । १४ हजार मतदात थप हुदा १० ओटा मतदान केन्द्र थप गरिएको आचार्यले जानकारी दिएका छन्।

यसअघि ३६४ मतदान केन्द्र रहेकोमा यसपालि ३७४ मतदान केन्द्र तोकिएका छन् । त्यसैगरी मकवानपुरमा १६७ मतदानस्थल रहेका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account