By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

निर्वाचन कार्यमा संलग्न कर्मचारीलाई तालिम

सरोकारकर्मी
सरोकारकर्मी
f,23

बेनी । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन थालिएको छ । जिल्लामा रहेका ८२ मतदानस्थलमा १२० स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि बेनीमा निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गराउन निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण दिन थालेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए। जनतालाई भयरहित वातावरणमा आफूले चाहेको उम्मेदवारलाई मत हाल्ने वातावरण बनाउन निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए ।

म्याग्दीमा जिल्ला कारागार र कर्मचारीका लागि अस्थायी मतदात केन्द्रसहित १२२ मतदान केन्द्र निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा खटाएको छ भने सहायक कर्मचारीको विवरण सङ्कलन गरेर छनोटको तयारी गरिएको छ ।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा छन् । आगामी निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् । हरेक मतदान केन्द्रमा एक÷एक मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटिने छन् भने तीन जनाको दरले सहायक कर्मचारी खटिनेछन् । हरेक मतदान केन्द्रमा ५०० सम्म मतदाता भएमा दुई र ५०० बढी मतदाता भएको केन्द्रमा तीन स्वयंसेवक मतदान अधिकृतले खटाउनेछन् ।

जिल्लामा निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने काम सकिएको छ । निर्वाचन आयोगले पठाएको पतपत्र, स्वस्तिक छाप, छेकबारा, सुरक्षण सिललगायतका सामग्रीलाई मतदान केन्द्रअनुसार छुट्याएर ब्याकिङ गरिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार आयोगबाट प्राप्त निर्वाचन सामग्रीको रुजु गरेर मतदान केन्द्रमा रहेका मतदाताको सङ्ख्याका आधारमा सामग्री व्यवस्थापन गरेर पठाउन तयारी अवस्थामा राखिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account