By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अनुसन्धानमा सहयोग गर्न तुलसालाई प्रहरीको औपचारिक अनुरोध

सरोकारकर्मी
सरोकारकर्मी
f,23

मकवानपुर । ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुलसा भनिने तुल्सी अधिकारीलाई भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले एक सूचना जारी गर्दै अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना नफैलाउन भन्दै अनुसन्धान गर्ने निकायमा उपस्थित हुन भनिएको छ ।

आफूमाथि अनुसन्धान भएपछि चीनबाट सामाजिक सञ्जाल टिकटकमार्फत उनले प्रहरीको आलोचना गरेकी छिन् । नेपालमा छँदा प्रहरीले छलफलका लागि समेत नबोलाएको तर चीन आएपछि पक्राउ पूर्जी जारी गरेका भन्दै प्रहरीको भूमिकामा उनले प्रश्न उठाएकी छिन् ।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुलसाले भनेकी छिन् ।

त्यसपछि प्रहरीले भ्रम नर्छन उनलाई अनुरोध गरेको हो । कुमार चिमोरियाले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।

यसको अहिले पनि अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account