By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,20

मकवानपुर । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली हुनेछ भने ती प्रदेशका बाँकी ठाउँमा र अन्य प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ ।

मधेश प्रदेशलगायत तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ भने अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ । तराईका केही ठाउँमा तुवाँलो लाग्नेछ ।

महाशाखाले हुस्सु, तुवाँलो तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account