By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

जेनजी विद्रोहको जिम्मा कांग्रेसले लिन्छ : गगन थापा

सरोकारकर्मी
सरोकारकर्मी
f,19

मकवानपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३–२४ मा भएको जेनजी विद्रोहका क्रममा सरकारको तर्फबाट भएको गल्तीको जिम्मेवारी आफ्नो पार्टीले लिने स्पष्ट पारेका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले त्यसबेला भएका प्रशासनिक र राजनीतिक त्रुटीको स्वीकारोक्ति गरे।

सभापति थापाले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका परिवारसँग सार्वजनिक रूपमा क्षमायाचना समेत गरेका छन्।

उनले स्मरण गराए कि २००७, २०४६ र २०६३र६४ सालका ऐतिहासिक जनआन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो र ती उपलब्धिमा सधैँ गौरव गर्ने गरेको थियो।

तर भदौ २३–२४ का मागहरूलाई सम्बोधन नगरी त्यस्ता गौरवका गाथाहरू पूर्ण हुन नसक्ने उनको तर्क छ। थापाले कांग्रेस अबका दिनमा जेन–जी युवाहरूको भावना र चाहना अनुसार नै अगाडि बढ्ने प्रतिज्ञा गरेका छन्।

उनले राजनीतिमा असैद्धान्तिक वा अवसरवादी गठबन्धन नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै, सत्ताका लागि मात्र हुने गठबन्धनले लोकतन्त्र र राजनीतिक स्थिरतालाई कमजोर बनाएको स्वीकारे।

सभापति थापाले आगामी निर्वाचनमा मतदातालाई नयाँ आशा र भरोसा दिलाउनका लागि विगतका गल्ती सुधारेर अघि बढ्न कांग्रेसको विकल्प नभएको बताए।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account