By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

सरोकारकर्मी
सरोकारकर्मी
f,16

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा)नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा(एमाले) मा समाहित भएको घोषणा गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।

एमाले प्रवेश गरेका उनलाई नेकपा(एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरेका थिए ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account