By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आजदेखि अण्डाको भाउ घट्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,9

मकवानपुर । आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५ रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाको ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाको ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो । गएको मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेटको ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो ।

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account