By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बर्तौलाको पहलमा सुपिङमा एक दर्जन रास्वपा नेता एमाले फर्किए

सरोकारकर्मी
सरोकारकर्मी
f,4

मकवानपुर । ​नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ ।

बुधलबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले छाडेर रास्वपा प्रवेश भएका एक दर्जन कार्यकर्तालाई पुनः एमाले फर्काएका छन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शेर बहादुर मुक्तान, चन्द्र बहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः नेकपा एमालेमै फर्किएका हुन् ।

उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गर्नुभयो ।
​
​स्थानीयसँगको भेटमा बर्तौलाले विगतको कार्यकाल पूर्ण हुन नपाएकोमा दुःख व्यक्त गर्नुभयो । तपाईंहरूले मलाई ६० महिनाका लागि निर्वाचित गरेर पठाउनुभएको थियो, तर संसद विघटनका कारण ३२ महिनामै मेरो कार्यकाल रोकियो, बर्तौलाले भन्नुभयो, प्राकृतिक न्याय र २०७९ को जनादेशका आधारमा पनि मैले बाँकी २८ महिना सेवा गर्न पाउनुपर्छ । अधुरा जिम्मेवारी पूरा गर्न मलाई सहयोग गर्नुहोस् ।
​
​अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बर्तौलासमक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । स्थानीय गुण प्रसाद पुडासैनीले बाँदरको समस्याका कारण गाउँ नै रित्तिन लागेको बताउँदै यसलाई नीतिगत रूपमै समाधान गर्न माग गर्नुभयो ।

अर्का स्थानीय छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने र गाईको मासु खान पाउनुपर्छ भन्ने खगेन्द्र सुनारको अभिव्यक्तिको कडा विरोध गर्नुभयो ।

वास्थलाका सूर्य बहादुर ब्लोनले पुस्तौँदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई तीव्र बनाउन आग्रह गर्नुभयो ।

​कार्यक्रममा बोल्दै नेकपा (एमाले) भीमफेदीका उपसचिव आशिष अस्लामीले बर्तौलाको विगतको कार्यकाल उपलब्धि मुलक रहेको दाबी गर्नुभयो ।

उहाँले बर्तौलाले संसदमा भूमिहीनका समस्या, टीआरसी विधेयक, शिक्षा विधेयक र दुग्ध किसानका पक्षमा दरिलो आवाज उठाएको स्मरण गराउनुभयो ।

अस्लामीले भन्नुभयो, हाम्रो उम्मेदवार दुई विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको विज्ञ व्यक्ति हुनुहुन्छ । उहाँको सक्रियताले नै बकैया लगायतका क्षेत्रमा भूमिहीनले पुर्जा पाएका छन्, बाँकी काम पनि उहाँले नै पूरा गर्नुहुनेछ ।

एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गएको भदौ २३-२४ गते व्यक्तिगत र सार्बजनिक सम्पत्ति जलाएको स्मरण गराउँदै राष्ट्रियता र शान्ती सुरक्षाको लागि एमालेमा मत हाल्न अनुरोध गर्नुभयो ।

भीमफेदेव-५ का वडा अध्यक्ष तथा एमाले नेता जहारसिं लामाले बाँदर समस्या समाधानको लागि बाँदरले नखाने टीमुर जस्ता खेती गर्न सुझाए ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account