By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौं : सुनिता डंगोल

सरोकारकर्मी
सरोकारकर्मी
f,30

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताएकी हुन् ।

उनले शहीदहरूको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् ।

उनले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको बताइन् ।

नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको उनले बताइन्।

‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौं । अर्थात विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं,’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘आज हामी जहाँ छौं, जुन अवस्था र व्यवस्थामा छौं, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौं । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो । यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा छ ।’

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account