By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बागमतीमा एक घण्टाभित्र १४३ जनाले गरे मतदान

सरोकारकर्मी
सरोकारकर्मी
f,25

मकवानपुर । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । सातवटै प्रदेशका मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा दुई पदका लागि ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ ।

बागमतीमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्था छ ।

बागमती प्रदेशमा एक महिला र एक खुला क्लस्टरअन्तर्गत दुई सिटका लागि विभिन्न दलबाट तीन महिला र तीन पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेकपा माओवादी केन्द्रबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार रहेका छन् ।

त्यसैगरी, अन्य क्लस्टरतर्फ नेकपा एमालेका डा प्रेमप्रसाद दङ्गाल, नेकपा माओवादी केन्द्र बाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछु चुनावी मैदानमा छन् । प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन् ।

यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् । मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account