By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मकवानपुरमा ट्रक र स्कुटर ठोक्किँदा एकको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
f,23

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की घर भएका ५० वर्षीय अनुराग श्रेष्ठ रहेका छन ।

जितपुरभन्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account