By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

स्वीट्जरल्यान्डको कन्स्टेलेसन बारमा विस्फोट

सरोकारकर्मी
सरोकारकर्मी
f,1

काठमाडौं । स्वीट्जरल्यान्डको लोकप्रिय स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा रहेको एक बारमा विस्फोट भएको छ । विस्फोटमा परेर धेरैजनाको मृत्यु भएको छ भने केही घाइते भएको स्वीस प्रहरीले जानकारी दिएको छ।

स्थानीय समय अनुसार राति १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको थियो। उक्त बारमा नयाँ वर्षको उत्सव मनाइँदै गर्दा विस्फोट भएको बताइएको छ। सामाजिक सञ्जालमा फैलिएका अपुष्ट भिडियोहरूमा बारमा आगलागी भइरहेको देखिन्छ। घटनाका पीडितका परिवारका लागि हेल्पलाइन पनि सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

क्रान्स–मोन्टाना स्विस आल्प्स क्षेत्रमा रहेको एक महँगो र पर्यटकप्रिय स्की रिसोर्ट हो, जहाँ धेरैजसो बेलायती पर्यटक पुग्ने गर्छन्। यो स्थान बर्न राजधानीबाट करिब दुई घण्टाको दूरीमा पर्छ। प्रहरीका अनुसार विस्फोट हुँदा बारभित्र १०० भन्दा बढी मानिस थिए। मृत्यु हुनेको ठ्याक्कै संख्या, घाइतेहरूको विवरण र विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन।

केही स्थानीय रिपोर्टहरूले आतिसबाजीका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरेका छन्, तर यो पुष्टि भएको छैन। भ्यालाइस क्यान्टोनल प्रहरीले चाँडै थप जानकारी सार्वजनिक गर्ने बताएको छ।

–बीबीसीबाट

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account