By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मानवअधिकार आयोगद्वारा अनशनरत डा.भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

सरोकारकर्मी
सरोकारकर्मी
f,1

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा बसेका डा।भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले यस सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको तथा आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा डा.भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, डा.भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रासमेत घटेको पाइएको जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account