By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

एपीएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा

सरोकारकर्मी
सरोकारकर्मी
f,1

मकवानपुर । नेपाल एपीएफ क्लबलाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो क्वाटरफाइनलमा रुकुम पश्चिमले एपीएफलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२२ ले जितेको थियो ।

तर त्यसपछि रुकुम पश्चिमले लगातार दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ र चौथा सेट २५–२० ले जित्यो । प्रतियोगिताको पुरुषतर्फको चौथो क्वाटरफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब खेलिरहेका छन् ।

यसअघि आजै भएको पहिलो क्वाटरफाइनलमा बूढानीलकण्ठ भलिबल क्लबलाई हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब र दोस्रो क्वाटरफाइनलमा कोशी प्रदेश भलिबल सङ्घलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका सेमिफाइनल भोलि तथा फाइनल पर्सि हुनेछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account