By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

सरोकारकर्मी
सरोकारकर्मी
f,23

मकवानपुर । विघठित संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन्। संसद पुनस्र्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्।

त्यसअघि हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रोपटक भेट भएको थियो। पुरापुर रुपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुनस्र्थापनाका लागि रिट लिएर गएको थियो।

हिजोको भेटले यो मुद्दालाई थप परिपक्व बनाएको देखाएको छ। कांग्रेस सचेतक सुशीला थिङले आज पूरक रिट दर्ता गरिने बताइन्। उनकाअनुसार संसद पुनस्र्थापनाका पक्षमा कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुनस्र्थापनाकै पक्षमा आउने संकेत देखाएको छ।

जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समावादीबाट तीन सांसदले पनि पुनस्र्थापनाकै पक्षमा हस्ताक्षर गरेका छन्। यसअघि एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल मात्र रिट लिएर गएकामा उनीहरुका तर्फबाट पनि ७५ सांसदले पूरक रिटका लागि हस्ताक्षर गरेका छन्।

निर्वाचन तयारीको साटो कांग्रेस र एमाले पुनानै संसदको शक्ति र पुरानै गठबन्धन ब्यूँत्याउन खोजिरहेका छन्। कांग्रेसको संस्थागत निर्णय भने निर्वाचनमा जाने नै छ । यता रवि हिरासतमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारको रक्षाकवच भएर उभिएका छन्।

हिजो राति मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भएको भेट् र तत्पश्चात् दिएको एकताको सन्देश पनि चुनावको पक्षमा र संसद पुनस्र्थापनको पक्षमा रहेका दुई गठबन्धनको निर्माण भएको अर्थमा हेरिएको छ। हिजो मात्र निर्वाचन आयोगले गरेको सर्वपक्षीय छलफलका क्रममा दल र सरकार दुबै निर्वाचन र पुनस्र्थापनाबारे द्विविधामा देखिएका थिए।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account