By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग

सरोकारकर्मी
सरोकारकर्मी
f,23

मकवानपुर । जिल्ला बक्सिङ सङ्घ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । सङ्घले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं. ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।

सङ्घले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएको छ ।

यस्तै सङ्घले धनकुटाको श्रीपञ्चमीमा रहेका अनाथ बालबालिकालाई २२ हजार रुपियाँ बराबरको खाद्यान्न, धनकुटामा बसर्पाकमा ४५ हजार रुपियाँको दुई वटा सिसी क्यामेरा जडान र १८ हजारको खेल सामग्री खरिद गरी विभिन्न क्लबलाई सहयोग गरेको जिल्ला बक्सिङ संघ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिनुभयो । गत मङ्सिर २५ देखि पुस ५ गतेसम्म धनकुटा बसपार्कमा सञ्चालन गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकमबाट उक्त सहयोग गरिएको कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रमबाट छ लाख पाँच हजार रुपियाँ रकम सङ्कलन भएकोमा सहयोग र कार्यक्रम खर्च पछि ९० हजार रुपियाँ बचत भएको जिल्ला बक्सिङ सङ्घ धनकुटाले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account