By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हिउँदे आलुमा डढुवाको सङ्क्रमण

सरोकारकर्मी
सरोकारकर्मी
f,19

भोजपुर । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।

किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो । पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ ।”

अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर९५ का नवराज फुयाँलले बताउनुभयो । “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।

कृषि प्राविधिकले डढुवा सङ्क्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन् । डढुवाको सङ्क्रमण बढ्दै जाँदा किसानहरूले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account