By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अध्यक्ष ओलीले ३३३ मत प्राप्त गर्दा पोखरेललाई ११० मत

सरोकारकर्मी
सरोकारकर्मी
f,18

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली ३३३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ११० मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

सोहीअनुसार विष्णुप्रसाद पौडेल १७३, उपाध्यक्षमा क्रमशः पृथ्वीसुब्बा गुरुङ १७१, गोकर्ण विष्टले १३३, रामबहादुर थापा बादलले १५३, रघुजी पन्त १२३, गुरुप्रसाद बराल १०९, टंकप्रसाद कार्की ४३, पर्शुराम मेघी गुरुङ ४७, भीमप्रसाद आचार्य २७, विन्दा पाण्डे ९८ मत प्राप्त गर्नुभएको छ ।

सोहीअनुसार महासचिवमा शंकर पोखरेल ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमहासचिवहरुमा लेखराज भट्ट १४७, योगेश भट्टराई १४०, रघुवीर महासेठ १२६, विष्णुप्रसाद रिमाल १०५, आनन्दप्रसाद पोखरेल ७१, बैजनाथ चौधरी ५४ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account