By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५ सयभन्दा धेरै घर भत्काइयो

सरोकारकर्मी
सरोकारकर्मी
f,7

मकवानपुर । हेटौंडा बजारमा राजमार्ग क्षेत्रको सीमाभित्रका ५ सयभन्दा धेरै घर भत्काइएको छ । मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत क्षेत्रका ती घरहरु हिजो एकै दिन भत्काइएको हो ।

कडा सुरक्षा घेरामा सडक राजमार्ग फराकिलो बनाउन सडक डिभिजन कार्यालय हेटौंडा र प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा काम भएको हो । हेटौंडाको बजार क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकलाई फराकिलो बनाउने काम थालिएको हो ।

यसका लागि सडक डिभिजनले गएको मंसिर ५ मा महेन्द्र राजमार्गको रातोमाटेबाट बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकबाट सामरी पुलसम्मको सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने सूचना निकालेको थियो ।

अस्ति शुक्रवार समयसीमा सकिएसँगै हिजो बिहानदेखि काम शुरु गरिएको थियो । सडक डिभिजन हेटौंडाले अतिक्रमित क्षेत्र खाली गर्न भन्दै १५ दिने म्यादसहित सूचना जारी गरेपछि दायर रिटमा सर्वोच्चले अस्ति शुक्रवार ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account