By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

एनपिएल : जनकपुरको पहिलो जित

सरोकारकर्मी
सरोकारकर्मी
f,2

मकवानपुर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

यसअघि खराव नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ ।

जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लागि ओपनर माज सदाकत र अनिल शाहले अर्धशतकीय इनिङ्स खेल्नुभयो । माजले तीस बलमा ६ चौका र चार छक्काको सहयोगमा ६३ रन बनाउनुभयो ।

यस्तै अनिल शाहले ३६ बलमा चार चौका तीन छक्काको सहयोगमा ६१ रन बनाउनुभयो । आशिफ शेख र आदित्य महताले १८, १८ तथा जान निकोल लोफ्टी–इटनले ११ रन जोड्नुभयो । अनिल प्लेयर अफ दि म्याच बन्नुभयो ।

बलिङमा चितवनका कमल ऐरी, अमर रौटेला र सोहिल तानविरले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।

चितवनका लागि ओपनरद्वय डेविड मलान र अर्जुन साउदले अर्धशतक बनाएपनि टोलीको हार टरेन । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गर्नुभयो । कप्तान कुशल मल्लले ३० रन जोड्नुभयो ।

बलिङमा जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिनुभयो । आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुने छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account