By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

एकै घरका सात जनालाई बन्धक बनाएर लुटपाट

सरोकारकर्मी
सरोकारकर्मी
f,20

मकवानपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार माक्स लगाएर आएका दुई जनाले उनीहरुलाई घर भित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमि मोबाइल दुई थान र सुनका बाला लुटेका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घरका अन्य सामान भने चोरी नभएको बताइएको छ ।

प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना माक्स लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान तीव्र पारेको नेपालले बताउनुभयो । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।

पीडित खड्काका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमति, छोराछोरी र बहिनि समेतलाई नियन्त्रणमा लिई आफुहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजिहरुको खोजी र कारबाहिका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।

उनीहरुको धाकधम्किका कारण आँफुहरु डराएको र लामो समयपछि आफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा मोबाइल र श्रीमतीको सुनको बाला लुटेर भागेको खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दूरीमा झिसमिसो साँझमा भएको उक्त घटनापछि त्रासको वातावरण सिर्जना भएको स्थानीय कपिलदेव भुसालले बताउनुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account