By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

हुम्लामा एक करोडको स्याउ बिक्री

सरोकारकर्मी
सरोकारकर्मी
f,13

मकवानपुर । हिमाली जिल्ला हुम्लाबाट यस वर्ष एक करोडभन्दा बढीको स्याउ बिक्री भएको छ । यस वर्ष सिमकोट गाउँपालिका– ५ की नीता बोहराले ५० कार्टुन स्याउ बिक्री गरेको बताउनुभयो । दस बोट स्याउबाट उहाँले छ सय ५० केजी स्याउ बिक्री गर्नुभएको हो । गत वर्षभन्दा यस वर्ष कम फलेको भए पनि मूल्य भने प्रतिकेजी ५० रुपियाँमा स्याउ बिक्री भएको उहाँले बताउनुभयो ।

यसैगरी, चंखेली गाउँपालिका–३ हंस बुढाले आफ्नो र छिमेकीको ७५ क्विन्टल स्याउ खरिद गरेर बिक्री गरेको बताउनुभयो । उहाँले प्रतिकेजी ५० रुपियँमा बिक्री गरेर तीन लाख ७५ हजार रुपियाँ कमाइ भएको बताउनुभयो । यो वर्ष जिल्लाभरि दुई सय सात दशमलव ५० मेट्रिकटन स्याउ बिक्री भएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताउनुभयो ।

हुम्लामा यो वर्ष ५० रुपियाँ केजीमा स्याउ बिक्री भएको हो । कुल स्याउ बिक्रीबाट किसानले एक करोड तीन लाख ७५ हजार रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । स्याउ बिक्री हुँदा कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा चार हजार पाँच सय कार्टुन बिक्री भएका थिए । यो स्याउ बिक्री गत वर्षभन्दा दुई गुणा कम हो । गर्त वर्ष तीन करोड दस लाखको स्याउ बिक्री भएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account