By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

अमेरिकामा एकैदिन १ हजार ४ सयभन्दा धेरै उडान रद्द

सरोकारकर्मी
सरोकारकर्मी
f,9

मकवानपुर । अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ को असरले एकैदिन १ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका छन् । ‘शटडाउन’ का कारण वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि हिजो एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी १ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका बीबीसीले जनाएको छ ।

उडान कटौती र ढिलाइले विभिन्न देशबाट अमेरिका जाने वा अमेरिकाबाट विभिन्न देश जाने यात्रु प्रभावित भएका छन् । फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’ का अनुसार हिजो ६ हजार उडान ढिलाइ भएका थिए । त्यसअघि शुक्रवार ७ हजारभन्दा धेरै उडान प्रभावित भएका थिए ।

सङ्घीय उड्डयन प्रशासन ९एफएए० ले यस हप्ताको शुरूमा देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने घोषणा गरेको थियो । ‘शटडाउन’ का कारण एअर ट्राफिक कन्ट्रोलरहरूले विना तलब काम गरिरहेका छन् ।

ट्राफिक कन्ट्रोलरहरूको अभावले उडानहरूमा उल्लेखनीय असर पारेको छ । उनीहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका खबरमा उल्लेख छ ।

अमेरिकी इतिहासकै सबैभन्दा लामो ‘शटडाउन’ अर्थात् बन्द निरन्तर रहँदा लाखौं सङ्घीय कर्मचारीले अहिले विना तलब काम गरिरहेका छन् । माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल हुँदा अमेरिकमा ‘गभन्र्मेन्ट शटडाउन’ को अवस्था उत्पन्न भएको हो ।

जसका कारण धेरै सरकारी कामकाज अस्थायी रूपमा स्थगित भएका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account