By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आजदेखि मौसम पुनः बदलीको सम्भावना

सरोकारकर्मी
सरोकारकर्मी
f,4

मकवानपुर ।आजदेखि मौसम पुनः बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसहित केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भागको एकरदुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहणलगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन उहाँको आग्रह छ । पश्चिमी वायुको प्रभाव काठमाडौं उपत्यकामा पनि देखिने सम्भावना रहेको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account