By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

धनुषाको वीरेन्द्र बजारमा बस र अटो ठोक्किँदा चार जनाको मृत्यु, दुई गम्भीर

सरोकारकर्मी
सरोकारकर्मी
f,2

मकवानपुर । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजेतिर ठक्कर दिएकोे थियो ।

दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उहाँको श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ ।

घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सितल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर रहेका छन् । उहाँहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनापछि घाइतेलाई उपचारका लागि जनकपुरस्थित अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले चार जनालाई मृत घोषणा गरेको र घाइते दुई जनाको उपचार जारी रहेको बताइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेकोे जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account