By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बाँकेका फूल व्यवसायी भारतीय फूलसँग प्रतिस्पर्धामा पछि परे

सरोकारकर्मी
सरोकारकर्मी
f,13

मकवानपुर । नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरु पछिल्ला केही वर्ष यतादेखि विस्थापित हुने क्रममा रहेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरु क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यवसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमीहरु पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी महिला उद्यमी बिन्दु चर्तीमगरले बताउनुभयो ।

सीमापारिबाट आउने अवैध फूलमालाहरु स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको तथा भारतबाट बिनाचेकजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैधरुपमा नेपाल आउने प्लाष्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरु मर्कामा परेको र विस्थापित हुँदै जान थालेको उहाँले बताउनुभयो ।

“भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाचेकजाँच विभिन्न किसिमका फूलमालाहरु बाँके जिल्लाका सहरमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।” महिला उद्यमी चर्तीमगरले भन्नुभयो, “पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौँ, भनेजस्तो पनि बिक्री हुँदैन, पछिल्लो समयमा विस्तारै पुष्प व्यवसायीहरु यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”

“गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरुले व्यवसायिक फूलखेती गर्दै आउनुभएको थियो, यो वर्ष अधिकांशले फूलखेती गर्नुभएको छैन्, विगत दुई वर्षदेखि लगातार घाटा भइरहेका कारण यस वर्ष फूलखेती गर्नुभएन ।” उहाँले भन्नुभयो, “सीमापारिबाट आउने फूलजन्य वस्तुलाई रोक्नका लागि सङ्घीय सरकारले नीति निर्माण गर्ने एउटा कुरा भयो तर स्थानीय सरकारले पनि आफ्नो काम त गर्नुप¥यो नी, काठमाडौँलगायतका अन्य स्थानीय तहले आफ्नो पालिकाभित्र प्लाष्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न बर्जित गरिरहेका छन् कम्तीमा पनि नेपालगन्जले उपमहानगरले त्यही व्यवस्था परेपनि केही त राहत हुनेथियो ।”

हरेक तिहारका समयमा वागेश्वरी मन्दिर वरिपरि सडकभरि खाट र ठेलासमेत लगाएर भारतीय फूलमाला बिक्री हुँदा पनि स्थानीय सरकारले केही नगरेकोप्रति चर्तीमगरले गुनासो गर्नुभयो । “हरेक तिहारको समयमा वागेश्वरी मन्दिर वरिपरि बिनादर्ताका पसलहरुले सडकनै ढाक्ने गरी खाट र ठेलामा भारतीय फूलमाला बिक्री गरिरहेका हुन्छन, त्रिवेणी मोडदेखि सेतु विक चोकसम्म सडकको बिचमा रहेको ग्रीन बेल्टमा जताततै भारतीय फूलमालाहरु देख्न सकिन्छ, जसका कारण दुर्घटनाको जोखिमसमेत हुन्छ, मेयरसाबसँग कतिपटक यसबारेमा कुरा राख्यौँ, तर सुनुवाइ हुँदैन ।” उहाँले भन्नुभयो ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ की पुष्प व्यवसायी विष्णु चौधरी पनि लगातारको घाटाका कारण यस वर्ष कम फूल उत्पादन गरेको बताउनुहुन्छ । “बाँकेमा फूलखेती मैले सुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो, भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरुले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै उठ्न छाड्यो ।” उहाँले भन्नुभयो ।

यस वर्षको तिहारलक्षित फूलखेती कमै मात्रामा गरेको उहाँले बताउनुभयो । “यो वर्षको तिहारका लागि मैले अघिल्ला वर्षमा भन्दा धेरै कम फूलखेती गरेकी छु, स्थानीयले आफूलाई चाहिने फूलहरु आफैँले उत्पादन गर्नुहुन्छ, त्यसमाथि पारिबाट आउने फूलका कारण बिक्री नभएपछि कम उत्पादन गर्नेतर्फ लागेँ ।” महिला उद्यमी चौधरीले भन्नुभयो, “तर मङ्सिर र माघ महिनालक्षित फूलखेती भने गर्दै आएकी छु, त्यस सिजनमा पूजाआजा, बिहे तथा सामाजिक कार्यहरु बढी हुने भएका कारण फूलमालाको माग बढी हुन्छ र त्यो सिजनमा तिहारमा जस्तो घाटा पनि व्यहोर्नु पर्दैन ।”

अवैधरुपमा आउने भारतीय फूलमालाले गर्दा अब व्यवसायलाई निरन्तरता दिन गाह्रो परेको बताउँछन् पुष्प व्यवसायीहरु । बीउ, मल, कामदारलगायतमा हुने खर्च, पारिबाट आउने फूलमालासँगको प्रतिस्पर्धाका कारण र उताबाट आउने अवैध फूलमालामा रोकावट नभए अब कुनै पनि पुष्प व्यवसायीले यो पेसालाई निरन्तरता दिन नसक्ने उनीहरुको भनाइ छ ।

तिहारका समयमा नेपालगन्जको वागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक,बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोक लगायतका मुख्य चोकहरु र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा मालाको खुलेआम बिक्री हुने गरेको छ । जसका कारण बाँकेका पुष्प व्यवसायीहरु विस्तारै विस्थापित हुँदै गएका हुन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account