By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

फापर थन्क्याउनमा व्यस्त मनाङी किसान

सरोकारकर्मी
सरोकारकर्मी
f,12

मकवानपुर । दसैँ सकिएलगत्तै मौसममा सुधार आएपछि मनाङका किसान परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । मनाङको पिसाङ, भ्राका, माथिल्लो मनाङलगायत क्षेत्रका किसानहरू यहाँको रैथाने बाली काट्ने, चुट्ने तथा सुकाउने कार्यमा तल्लीन छन् ।

घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यावसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीका रूपमा पठाउने उद्देश्यले यहाँका किसानले रैथाने फापर खेती गर्दै आइरहेका छन् । वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मिठो फापर काट्न व्यस्त भएको पिसाङका कृषक रामबहादुर गुरुङ (मुखिया) ले बताउनुभयो ।

पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मिठो फापर पाक्ने र घाम लागेको मौकाछोपी खेती थन्क्याउन लागेको मनाङ ङिस्याङ पिसाङ–१, का मुखियाले बताउनुभयो । फापर काटेर डाँठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

फापरको डाँठ परालको रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको गुरुङको भनाइ छ । मनाङीको प्रमुख खाद्य बालीका रूपमा रहेको फापर जलवायु सङ्कटका कारण परम्परागत अन्य रैथाने बालीभन्दा कम झन्झटिलो भएकाले यहाँका किसानले बढी खेती गरेको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ ।

एक पाथी फापरको बाह्रसय रुपियाँसम्ममा बिक्री गर्न सकिने चामेका युवा उद्यमी शेराप विष्टले बताउनुभयो । यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रूपमा खेती नगरेको बताउँदै विष्टले भन्नुभयो, ‘‘जौबाली तलदेखिमाथि हुँदै काट्ने गरिन्छ भने फापर माथिदेखि काट्दै तल्लो भेगमा झरिन्छ । यसपालिको वर्षाले फापर ढलेको छ, चिसै छ, ओभाएपछि काट्नुपर्ला ।’’

उहाँले मनाङका माथिल्लो क्षेत्रमा फापर काटिए पनि सदरमुकामतिर भने काट्न बाँकी नै रहेको बताउनुभयो । मनाङमा मिठो फापर र तितो फापरखेती हुने गरे पनि मुख्य रूपमा मिठो फापरबाली बढी मात्रामा लगाउने गरिन्छ । मनाङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रूपमा रैथाने फापर खेती लगाउँदैआएका छन् ।

फापरसँगै यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत खेती यहाँको मुख्य रैथाने बाली हुन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भए पनि मनाङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ । मिठो फापरको खेती असार–साउनमा छरेर असोजको दोस्रो–तेस्रो हप्तामा भित्र्याइन्छ । तितो फापर भने साउन–भदौ महिनामा छरेर कात्तिकको १५ पछि भित्र्याइने गरिन्छ ।

फापरबाट ढिँडो, रोटीलगायत विभिन्न परिकार बनाएर खाने गरिन्छ । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिँडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरे पनि हिमाली क्षेत्रको महत्त्वपूर्ण पहिचान बोकेको कृषिउपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रूपमा मात्र प्रयोग गर्दैआएका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account