By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

जेनजीका माग सम्बोधन गर्न सहमतिको सरकार आवश्यक : एमाले प्रचार विभाग प्रमुख गौतम

सरोकारकर्मी
सरोकारकर्मी
f,11

मकवानपुर । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले देशलाई राजनीतिक स्थायित्व र समाधानको बाटोमा अघि बढाउन जेनजी आन्दोलनका प्रतिनिधिहरू समेत सम्मिलित सर्वदलीय सरकार गठन अपरिहार्य रहेको बताउनुभएको छ ।

शनिबार संखुवासभाको खाँदबारीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले हालको आन्दोलनमा जेनजीका तर्फबाट उठाइएका मागहरूलाई संवैधानिक प्रक्रिया र राष्ट्रिय सहमतिको माध्यमबाट मात्र सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जेनजीका वास्तविक मागहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिएका छन् । ती मागहरूलाई संवैधानिक प्रक्रियाबाटै सम्बोधन गर्नका लागि सबै दल र आन्दोलनरत पक्षबिच सहकार्य आवश्यक छ ।”

गौतमका अनुसार, जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढेको भए पनि केही घुसपैठकर्ताहरूले आगजनी र तोडफोड गरी आन्दोलनलाई बदनाम गर्न खोजेका छन् । उहाँले देशमा शान्ति, स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन राजनीतिक एकता र सहकार्य अपरिहार्य रहेको औंल्याउनुभयो ।

“अब आरोप प्रत्यारोपको होइन, सहकार्य र समाधानको राजनीति गर्ने समय आएको छ, “उहाँले थप्नुभयो, “जेनजीका प्रतिनिधिहरूसहितको समावेशी सर्वपक्षीय सरकार नै मुलुकलाई निकास दिने मार्ग हो ।” उहाँले अहिलेको संवैधानिक व्यवस्थाको सुदृढीकरण र नयाँ राजनीतिक सहमतिको सुरुवातले मात्र देशले दीर्घकालीन स्थायित्व र विकासको दिशा पाउन सक्नेमा जोड दिनुभयो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account