By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

आज मनाइँदै मानसिक स्वास्थ्य दिवस

सरोकारकर्मी
सरोकारकर्मी
f,10

मकवानपुर । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो ।

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account